पेलोसीको ताइवान भ्रमणपछि नेमकिपाले भन्यो– आगो झोस्दै हिँड्ने अमेरिकी गतिविधिको विरोध गर्छौं

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको छ । बुधबार अध्यक्ष नारायणमान बिजुक्छेंले प्रेस विज्ञप्ति जारी गर्दै ताइवान चीनको अभिन्न अंग भएको र पेलोसीको भ्रमण चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप भएको बताएका हुन् ।

बिजुक्छेंले अमेरिका आफैले ‘एक चीन नीति’ लाई स्वीकार गरे पनि ताइवानलाई चिनियाँ मुख्य भूमिबाट अलग गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएर सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । अमेरिकाको पछिल्लो कदम संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणाविपरीत भएको र विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरीत भएको उनको भनाइ छ ।

हेर्नुहोस् विज्ञप्ती

कमेन्ट गर्नुहोस्