भारतले कोसी ब्यारेजको ढोका नखोल्दा बाँध फुट्यो, बराहक्षेत्र र बेलकाका सयौं घरपरिवारको बिचल्ली

सुनसरी । सप्तकोसीको नदी फुटेर बस्ती प्रवेश गरेका कारण बराहक्षेत्र र बेलकाका सयौं घर परिवारको बिचल्ली भएको छ ।भारतले कोसी ब्यारेजका सबै ठोका नखोल्दा बाढीले नेपाली भुमिमा वितण्डा मच्चाएको हो ।

अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेर सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका विभिन्न ठाउँमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ ।

सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसी फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ ।

सप्तकोसीमा बाढि आएको समयमा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण डुर्मिबोटेबाट श्रीलंका टापुको खेतियोग्य जमिन र मानव बस्तीमा पनि बाढि प्रवेश गरेको हो।

कोसी पश्चिमतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन् ।

भारतले कोसी ब्यारेजका ढोका नखोलेकै कारण कोसी ३९ वर्ष पश्चात पश्चिमतर्फ फर्किएको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलंका टापुका बद्री राईले जानकारी गराए। कोसीलाई तत्काल नियन्त्रण गर्न नसक्ने हो भने ठुलो जनधनको क्षति गर्ने उनको भनाई छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसी फुटेर पश्चिम तर्फ प्रवेश गर्दा सयौं घरपरिवारका जनताको बिचल्ली भएको बताए। बाढि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान तर्फ सार्ने काम भैरहेको सरकारले जनाएको छ ।

स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपनि बाढि नियन्त्रणमा समस्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देश यादवले बताएका छन् ।

कोसीको बाढि डुर्मिबोटे हुदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापु तर्फ प्रवेश गरेपछि यहाँका सयौं घर बाढिको उच्च जोखिममा परेका छन् ।

तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रीलंका टापुका बासिन्दाको ज्यान जोखिममा भन्दै स्थानीयले ब्यारेजका सबै ढोका खोल्न र फुटेको कोसी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्