समयमा नियमावली बन्न नसक्दा सबै संघ अवैधानिक हुन पुगे- घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोटस डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले यस्तो टिप्पणी गरे ।

सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको अनुशरण नगर्नाले थप जटिल स्थिति उत्पन्न भइरहेको बताउँदै  ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्ने तर समयमा नियमावली बन्न नसक्दा सबै संघ अवैधानिक हुन पुगेकाे टिप्पणी गरे ।

राष्ट्रिय संघहरूको समस्या समाधान गर्न आफु अग्रसर रहेको भन्दै उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको जानकारी दिए ।

सदस्यसचिव घिसिङले संघलाई वैधानिकता प्रदान गर्न युवा तथा खेलकुद मन्त्रालयमार्पmत बाधा÷अड्काउ फुकुवाकाकेही प्रश्ताव पठाइसकेको बताए ।

कमेन्ट गर्नुहोस्