घटेर आएको मूल्य लागू गर्न सकिन्न- आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घटेर आएको मूल्य लागू नगर्ने स्पष्ट गरेकाे छ।

आज एक विज्ञप्ती जारी गर्दै इन्धनको मूल्यमा निगमलाई अझै घाटा रहेकोले नयाँ मूल्यसूची लागू नगर्ने बताएको हो।

पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ। उक्त बाँकी रहेकाे मूल्य तिर्नकै लागि तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ।

कमेन्ट गर्नुहोस्