बिहार । बिहारको हाजिपरमा एउटा ट्रक अनियन्त्रित हुन पुग्दा भएको दुर्घटनामा ८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
आज भएको दुर्घटनामा कैयन अन्य घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।
सडक किनाराको होटलमा बसेर केही मानिसले खाना खाइरहेको बेला एउटा ट्रक तीब्र गतिमा होटलभित्र पसेको थियो ।
सूचना पाउने बित्तिकै स्थानीय भाजपा विधायक लखेन्द्र रौशनलगायत त्यहाँ पुगेका थिए । घाइतेहरुलाई यथासम्भव सहयोग गर्ने उनले बताएको आजतकले उल्लेख गरेको छ ।