मंसिर ४ मा निर्वाचन गर्नेबारे आज टुंगो लाग्ने, गठबन्धन र मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं । संघ तथा प्रदेशसभाको निर्वाचन मितिबारे अन्यौल छाएको बेला आज बस्ने मन्त्रीपरिषदको बैठकले त्यसबारेमा टुंगो लगाउने देखिएको छ ।

यसअघि हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मंसिर ४ गते निर्वाचन गर्ने धारणा राखेका थिए ।

आज मन्त्रीपरिषदको बैठकले यसबारेमा ठोस निर्णय गर्न सक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । अन्तिम टुंगोमा पुग्न आज आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्