करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरु ससुरा–बुहारी हुन्।इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा रहेको मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए।

कमेन्ट गर्नुहोस्