रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्ने जेलेन्स्कीको चाहाना

एजेन्सी । युक्रेननी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । एससीएमपीसँगको एउटा अन्तर्वातामा युक्रेनी नेता रुस र युक्रेन युद्धको समाधानमा चिनको सहयोगको अपेक्षा गरेको बताएका छन् ।

‘यो एउटा धेरै शक्तिशाली राज्य हो । यो एक शक्तिशाली अर्थतन्त्र हो । तसर्थ, रसियालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्छ । चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि हो’, साउथ चाइना मर्निङ पोस्टले जेलेन्स्कीलाई उद्धृत गर्दै लेखेको छ ।

कमेन्ट गर्नुहोस्