गठबन्धनमा सिट बाँडफाँडः कार्यदल बनाएर गृहकार्य गर्ने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले कार्यदल बनाएर प्रदेश तथा संघीय चुनावको सिट बाँडफाँड गर्ने सहमति गरेका छन् । आज विहान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गठबन्धनको हिजो बसेको बैठकले मंसिर ४ गते दुवै चरणको निर्णय गर्ने समझदारी बनाएको थियो । सोही समझदारी अनुसार आज मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने बताईएको छ ।

बैठकमा प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँट समिति बनाएर गर्ने सहमति जुटेको एक नेताले समाचार दैनिकलार्य जानकारी दिए। यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। सो कार्यदलले कुल ७ सय ५३ स्थानीय तहमध्ये ३ सय स्थानीय तहमा मात्र तालमेलको सहमति गरेको थियो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि भोलि ९ बजे बस्ने बैठकमा धेरै विषयमा छलफल गरेर निर्णयमा पुग्ने जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्