काठमाडौं । सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा समेत छलफल गरेका छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि हालको मौजुदा संसद्को कार्यकाल के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सदस्यका लागि मनोनयन दर्ता भएको दिन हालको संसद्को कार्यकाल स्वतः समाप्त हुने सरकारको बुझाई रहेको बताए ।
निर्वाचन आयोगले यस अघि नै मंसिर २ गते शुक्रवारका लागि एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
शुक्रबार मुस्लिम समुदायको नवाज पर्ने भएकाले शुक्रवारको दिन निर्वाचनको मिति नतोक्न सो समुदायले सरकारलाई आग्रह गरेका थिए ।
बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।