स्थानीय चुनावमा खटिएकालाई प्राथमिकतामा राखेर म्यादी प्रहरीको भर्ना खुल्ने

काठमाडौं। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो।

याे पनि पढ्नुस  निर्वाचन घोषणा स्वभाविक : ओली

प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना बनेपछि त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिने उनले बताए। स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ। चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ।

कमेन्ट गर्नुहोस्