निर्वाचन घोषणा स्वभाविक : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन्। बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा ओलीले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका हुन्।

ओलीले भने, ‘निर्वाचन घोषणा स्वाभाविक हो। यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं।’ अध्यक्ष ओलीले चुनाव निष्पक्ष हुनुपर्ने बताए।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो। यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो। सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो।

कमेन्ट गर्नुहोस्