शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित, आइतबारदेखि दल दर्ता सुरु

काठमाडौं । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने बताए। संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने व्यवस्था अनुरुप सो प्रक्रिया आइतबारबाट सुरु गर्न लागेको आयोगले जनाएको छ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताका लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

याे पनि पढ्नुस  स्थानीय चुनावमा खटिएकालाई प्राथमिकतामा राखेर म्यादी प्रहरीको भर्ना खुल्ने

आयोगले मतदाता नामावली संकलन स्थगित भएको जनाएको छ । शुक्रबारदेखि नै मतदाता नामावली संकलन स्थगित आयोगले जनाएको छ । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

याे पनि पढ्नुस  निर्वाचनमा १० अर्ब रूपैयाँ खर्च हुने आयोगको अनुमान

चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्