वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरेको हो ।

यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्