सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक भासियो

पाल्पा। लगातार पानी परेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकको हिउँदेखोलामा सडक भासिएको छ।

सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिकास्थित हिउँदेखोलामा ५० मिटर सडक भासिएको हो। विगत केही महिनायता सामान्य भासिएको सडक गएरातिदेखि चिरा परेर भासिएको हो। सडकको सात मिटर चौडाई र ५० मिटर लम्बाई भासिएको छ।

सडक भासिएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ। तत्कालका लागि सडकमा माटो हालेर यातायात सुचारु गरिएछ। पानी पर्नेक्रम नरोकिए सडक ठप्प हुनसक्ने प्रहरीले बताएको छ।

सिद्धार्थ राजमार्गको तिनाउ क्षेत्रमा पटक(पटक जाने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ। यसले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, रुपन्देही, नवलपरासीलगायतका सर्वसाधारण समस्यामा परेका छन्।

कमेन्ट गर्नुहोस्