देखिएन सौर्य आँधीको असर

काठमाडौं। सूर्यबाट निस्केर बुधबार साँझ पृथ्वीमा आएको सौर्य आँधीको असर देखिएको छैन। यो आँधी जी १ टाइपको भएकाले यसको असर पृथ्वीमा खासै नपरेको वैज्ञानिकले बताएका छन्।

विगतमा पनि यस्ता सौर्य आँधी पृथ्वीमा आउनेक्रम चलिरहेको र कम क्षमताको आउँदा खासै असर नपरेको उनीहरुको भनाइ छ। कम क्षमताका सौर्य आँधीलाई वैज्ञानिकले जी १ टाइपमा राख्ने गरेका छन्। सूर्यको वायुमण्डलको ‘प्वाल’ बाट उच्च गतिको सौर्य हावा पृथ्वीको चुम्बकीय क्षेत्रमा हिट गर्ने बताइएको थियो । जसले स्याटलाइट लगायतका क्षेत्रमा असर पार्न सक्ने बताइएको थियो ।

बीपी कोइराला मेमोरियल प्लानेटरीयम तथा अब्जरभेटरी साइन्सका निमित्त कार्यकारी निर्देशक तथा खगोलविद् डाक्टर सनतकुमार शर्माका अनुसार यो सोर्य आँधी जी १ टाइपको र पृथ्वीमा रहेको भू–चुम्बकत्वका कारण असर नपरेको बताए ।

यसले स्याटलाइट र पावर ग्रिडमा सामान्य असर गर्न सक्ने वैज्ञानिकहरुले बताए पनि असर नपरेको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्