पहिरोले विस्थापित गरायो म्याग्दीका ६ घरपरिवार

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् ।

मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ‘छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको हो ।

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन् । सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन् ।

कमेन्ट गर्नुहोस्