गठबन्धनले तालमेलको काम भदौ पहिलो साता सम्पन्न गर्ने

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले भदौ पहिलो साता तालमेलको काम सम्पन्न गर्ने विषयमा सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनलेभने,`चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । भदौको पहिलो साता तालमेलको निर्णय सक्ने कुरा भएको छ,आज एउटा कार्यदल बन्ने छ । प्रत्येक दलबाट कम्तिमा दुई सदस्य रहनेछन् । ´

कमेन्ट गर्नुहोस्