चुनावी गठबन्धन गर्नु गलत हो : भीम रावल

काठमाडौं। नेकपा (एमाले) का नेता डा.भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आआफ्नो सिद्धान्त भएको बताए।

उनले जनताको मत निश्चित विचारधारा,दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए। नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहिन र गन्तव्यहीन दिशातर्फ धकेल्ने बताए।

‘जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत हो,’ उनले भने, ‘यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन दिशातर्फ धकेल्छ।’

आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा संविधानको धारा २६९ को विरुद्ध रहेको उनको भनाइ छ। आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ(आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनले बताए।

‘जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो,’ नेता रावलले थपे, ‘कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयमा समान धारणा भएका राजनीतिक दलले मिलेर संयुक्त सरकार गठन गर्न सकिन्छ।’

 

कमेन्ट गर्नुहोस्