एक चीन नीतिप्रति प्रष्ट छौं , त्यसविरुद्ध हुने गतिविधिमा माओवादीको विरोध रहन्छ : प्रचण्डकाे सचिवालय

काठमाडौं । माओवादी केनद्रका अध्यक्ष प्रचण्डको सचिवालयले एक चीन नीतिप्रति प्रष्ट भएको बताएको छ । अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्ले सामाजिक संजाल फेस्बुकमा एक स्टाटस लेख्दै चीनको राष्ट्रियताको पक्षमा रहेको बताएको हो ।

ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ। नेपाल र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट रहेको भन्दै छ। चीनको राष्ट्रिय एकताप्रति बाधा हुने जुनकुनै पनि गतिविधिप्रति माओवादीको विरोध रहने सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्