सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो । मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिव गुफा सामुदायिक वननजिकै लोकमान मृत भेटिएका थिए ।
टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुर विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए ।