जनप्रतिनिधि भैहालियो भनेर बसे विकास सम्भव हुँदैन : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इच्छा शक्तिले मात्र विकासका कार्यहरु हुने बताएकी छन् ।

शुक्रबार भरतपुर–२४ स्थित विहानी सामुहिक कृषि फार्मको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर जनताको सेवामा जुट्ने जनप्रतिनिधिको इच्छा शक्ति भएमात्र विकासको कामहरु हुने उल्लेख गरिन् ।

जनप्रतिनिधि भइहालियो भनेर बसे कुनै पनि विकासले गतिले नलिने उनको भनाई थियो ।

‘चितवन जिल्लाले अहिले ६ जना मन्त्री पाएको छ, उनले भनिन् ,‘त्यस अनुसारको विकास भएको छ तरु पद पाएर, मन्त्री भएर विकास हुने होईन । इच्छा शक्ति हुनु पर्छ । पहल कदमी हुनुपर्छ ।’

मेयर दाहालले भरतपुर २४ मा प्रदेश स्तरीय कृषि र पशु प्रविधिकसहितको पशु पूर्वाधार सेवा केन्द्र निर्माण हुन लागेको जानकारी दिइन्। भरतपुर २४ लाई कृषिको पटक क्षेत्रको रुपमा विकास गर्न महानगरले प्रथामिकतामा राखेको मेयर दाहालको भनाई थियो ।

दाहालले भरतपुर–२४ मा रहेको विहानी सामूहिक कृषि फर्मको शुक्रबार उद्घाटन गर्नु भएको छ । २५ जना युवा कृषकहरुको लगानीमा फार्म सञ्चालनमा ल्याइएको हो । अहिले युवाहरुले ६० विगाहमा सामूहिक तरकारी खेती गरिरहेका छन् । गोलगेडा, सिमी, सिम्ला, फर्सी तरकारी उत्पादन भइरहेको छ । विदेशमा कृषि कर्म गरी फर्केका युवाहरुको नेतृत्वमा खुलेको फार्मले दूध, कृषि उपज, तरकारी, खाद्यायन्न, एकिकृत संकलन गरी बजारीकरण गर्ने लक्ष्य लिएको छ ।

यस्तै महानगर प्रमुख दाहालले भरतपुर–२४ मा रहेको कृषि फर्महरुको निरीक्षण गरिन्। पछिल्लो समय पश्चिम चितवनमा महानगरपालिकाले कृषकलाई बोरिङहरु वितरण गरेसँगै कृषि उत्पादन व्यवसायीकरण तर्फ उन्मुख भएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा कृषि उत्पादनलाई प्रथामिकतामा राखी कृषकहरुलाई प्रोत्सहान गर्ने विभिन्न कार्यक्रम ल्याएको छ ।

मेयर दाहालले भरतपुर–२४ का पशु फर्म, तरकारी, फर्म र देवि स्थान पार्कको निरीक्षण गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २४ का अध्यक्ष राम गोदारले भरतपुर २४ लाई कृषि पर्यटन क्षेत्रको रुपमा महानगरपालिका अगाडि बढाउनु पर्ने उल्लेख गरिन् । भरतपुर २४ मा अधिकतम कृषियोग्य जग्गा रहेकाले यस क्षेत्रलाई कृषिको हबको बनाउन सकिने उल्लेख गरिन्।

कमेन्ट गर्नुहोस्