माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जापान प्रस्थान गरेका  छन् । नेपाली जनप्रगतिशील मञ्च जापानले अयोजना गर्न लागेको कार्यक्रममा सहभागि हुन प्रचण्ड आज जापान भ्रमणमा  निस्केका हुन् ।

प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार  आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिररया कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।  टोकियो खामेइदो कल्चर सेन्टरमा अगष्ट ७ तारिखमा कार्यक्रम हुने नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्