जापानमा अध्यक्ष प्रचण्डको भव्य स्वागत, यस्ता छन् कार्यक्रम (तस्बिर सहित)

नारिता ।माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपालीलेजापान टोकियोस्थित नारिता विमानस्थलमा पुगेर अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गरेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान आएका हुन् । जापानमा रहदा अध्यक्ष प्रचण्डले त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमान मार्फत अध्यक्ष प्रचण्ड जापान आएका हुन् ।आज अध्यक्ष प्रचण्डले पुकुओकामा आयोजित नेपाल फेस्टिवल सेरमोनीको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अगष्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा भएको दिन पनि हो ।अगष्ट ७ मा अध्यक्ष कमरेड प्रचण्डले हिरोसिमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ अध्यक्षले हिरोसिमा घटना र असरबारे जानकारी लिने अध्यक्ष पन्तले जानकारी दिए । सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्र्तक्रिया कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी बन्ने आयोजकले जनाएको छ ।

जापानमा रहँदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अध्यक्ष पन्तले जानकारी दिए।

अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने अध्यक्ष भवानी पन्तले विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्