जापान पुगेर प्रचण्डले भने– स्थायित्व र विकासको नयाँ सन्देश दिन सके सबै नेपाली फर्किने वातावरण बन्छ

नेतृत्वले इमान्दार प्रयास गरे विकास गर्न सकिन्छ

टोक्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालमा स्थायित्व र विकासको नयाँ प्रक्रिया शुरु हुनुपर्नेमा जोड दिएका छन् ।

गएराती जापान भ्रमणमा गएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमा रहेका नेपालीहरुलाई घर फर्कौं भन्नेबित्तिकै उनीहरु आउन सक्ने वातावरण नभएको बताउँदै नेपाल सरकारले विदेशमा रहेका नेपालीको श्रोत र सीपलाई उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

स्थायित्व र विकासका दृष्टिले जापान उदाहरणीय देश भएको बताउँदै उनले दिवंग प्रधानमन्त्री आबेलाई भेटन नपाएकोमा दुख समेत व्यक्त गरे ।

  • पढ्नुस् उनको भनाईको सारांशनेपालीहरुको स्थिति कस्तो छ र नेपालले नेपालीका लागि के गर्नुपर्ने छ व्यवसाय, विद्यार्थी नेपाल सरकारको तर्फबाट राजनीतिक नेतृत्वबाट के गर्नु उचित हुन्छ अध्ययन गर्ने
  • नेपाल र जापानको सम्बन्ध निकै पुरानो छ । प्रमुख दातृ निकाय हो । जापान सरकारका प्रतिनिधिहरुसँग कुराकानी हुने पनि गरेको हो । पूर्व प्रधानमन्त्री भेटने कोशीस मिलाउँदै थिए । वहाँ नेपाल भ्रमण गर्दा कुराकानी पनि भएको थियो । वहाालाई भेटेर नेपाल र जापानको सम्बन्ध अर्को उचाईमा कसरी लैजाने भन्ने थियो तर दुर्भाग्यपूर्ण घटना घटेको छ । म वहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु ।
  • अर्को यहाँका राजनीतिक दल र संसदका नेताहरुसँग केही न केही छलफल हुन्छ । त्यो मार्फत नेपाल र जापानबीचको सम्बन्ध के कसरी अगाडि बढाउन सकिन्छ मेरो ध्यान त्यसमा जान्छ ।
  • जापान सबैका लागि प्रेरणादायी पनि हो ।
  • नेतृत्वले इमान्दार प्रयास गरे विकास गर्न सकिन्छ भन्ने मेरो विश्वास हो । मैले कम्प्याक्ट इकोनोमिक जोनको रुपमा विकास गर्न पहल गरे । नेपालमा जलविद्युत र पर्यटनको ठूलो सम्भावना छ । दोश्रोपटक प्रधानमन्त्री हुँदा साढे सात प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सफल भइयो । अहिले भारतीय बजारमा हामीले बिजुली बेच्ने अवस्थामा पुगेका छौं । त्यतिबेला १० हजार मेगावाट बेच्छौं भन्दा मानिसहरुलाई अनौठो लाग्थ्यो । कृषि, पर्यटनमा पनि विकास सम्भव छ ।
  • विश्वभरी छरिएर रहेका नेपालीहरुको अनुभव, ज्ञान र श्रोतको सदुपयोग गर्यौं र नेपालभित्र विकासको नयाँ प्रक्रिया शुरु भयो भन्ने सन्देश दिन सक्यौं भने हामीले छिट्टै विकास गर्न सक्छौं । स्थायित्व र विकासको नयाँ प्रक्रिया सुरु गर्न सक्यौं भने विदेशमा रहेका सबै नेपालीले त्यहाँ स्वतः आफ्नो सीप र सम्पत्ति लगानी गर्ने अवस्था सिर्जना हुन्छ ।
  • नागरिकता विधेयकमा एनआरएनको हितलाई पनि ध्यानमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्