विदेशमा हुने नागरिकलाई मतदानको अधिकार दिन पहल गरिराखेका छौं : प्रचण्ड

फुकुओका । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशमा हुने नागरिकलाई मतदानको अधिकार दिने तिर पहल गरिराखेको बताएका छन् । उनले विदेशमा बस्ने नागरिकहरुको सिप ज्ञान र क्षमता देश विकासको निम्ति आवश्यक रहेको भन्दै सबै नागरिकलाई मतदानको अधिकार दिने गरि लागिने बताए ।

प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन अघि विभिन्न रुपमा आफ्नो सम्पर्क र कुराकानीमा हुने गरेको बताए ।


जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ को उद्घाटन समारोहमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्।आवे नेपाल र नेपालीलाई माया गर्ने नेता भएको समेत उनको भनाई थियो ।

‘जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग विभिन्न रुपले सम्पर्क र कुराकानीमा गर्ने गरेको थिएँ,’ प्रचण्डले भने, ‘उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध बनेको थियो। जापानमा आएको बेलामा उहाँसँग भेट्ने र प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्याएको थिएँ।’

पूर्वप्रधानमन्त्री आबेको निधन दुःखद भएको भन्दै उनले दुर्लभ हुनै नहुने घटना भएको बताए।

‘यही बीचमा उहाँको अवसान भयो, म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। जापानमा दुर्लभ हुनै नहुने घटनाको रुपमा त्यो घट्यो जुन दुःखद छ।’ प्रचण्डले भने।

नेपाल जापान सम्बन्धलाई सम्वर्द्धन गर्ने कुरामा आफ्नो जोड हुने बताएका छन्। ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ कार्यक्रमले नेपाल र जापानको सम्बन्धमा नयाँ आयम थप्ने बताए । जापानमा रहेका नेपालीको सिप र विद्यार्थीहरुको ज्ञानले नेपालको समेद्धिको लागि महत्वपूर्ण हुने बताए ।

नेपाल जापानको विशेष सम्बन्ध रहेको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल र जापानको सम्बन्धलाई थप विशेष बनाउन तर्फ केन्द्रित हुने बताए ।

कमेन्ट गर्नुहोस्