दैलेखबाट भागेर कैलाली बिहे गरेकी १९ वर्षीय युवतीको मृत्यु, हत्याको आशंका

धनगढी । कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृ’त्यु भएको छ । दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बिहीबार दिउँसो मृत’कका श्रीमानले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृ’त्यु भएको जानकारी दिए ।

डीएसपी शाहीकाअनुसार रावलले झुण्डिएर आत्मह’त्या प्रयास गरेको अवस्थामा श्रीमानले पासो काटेर अस्पतालमा पुगाएका थिए तर चिकित्सकले मृ’त घोषणा गरेका थिए । घटनाको अनुसन्धानका लागि मृत’कका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार भने आफन्तको जिम्मा लगाएको छ ।

‘अनुसन्धानका लागि मृत’कका श्रीमानलाई नियन्त्रणमा लिएका थियौँ तर प्रारम्भीक अनुसन्धानमा ह’त्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ । ह’त्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिन सकिन्छ ।’

तर मृ’तकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन् । मृ’तककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिन समेत आमासँग कुराकानी गरेको बताउँदै त्यसको केही घण्टामा मृ’त्युको खबर आएकाले घ’टना शंकास्पद रहेको बताइन् ।

आफूहरुलाई बहिनीलाई भगाएर लगेको केटाले उनलाई आत्मह’त्या गर्न बाध्य पारेको वा ह’त्या गरेको हो की भन्ने आशंका लागेकाले निष्पक्ष अनुसन्धान गरेर प्रहरीले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उनको छ ।

उनकाअनुसार गुँरास गाउँपालिकामा घरधुरीको विवरण संकलनको काम गर्दै आएकी विष्णु गत २१ असारमा भण्डारीसँग भागेर कैलाली आएकी थिइन् । भण्डारीसँग प्रेम विवाह गरेर आएको एक महिना नबित्दै उनको मृ’त्यु भएको हो ।
नजिकको साथीबाट साभार

कमेन्ट गर्नुहोस्