अध्यक्ष प्रचण्डद्धारा हिरोशिमा शान्ति स्मारक संग्रहालय अवलोकन

काठमाडौं । पाँच दिने जापान भ्रमणको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आणविक बम खसेको हिरोशिमा शहरस्थित हिरोशिमा शान्ति स्मारक संग्रहालयको अवलोकन गरेका छन् ।

दोस्रो विश्वयुद्धको क्रममा सन् १९४५ अगष्ट ६ मा हिरोशिमामा अमेरिकाले युरेनियम बम खसालेको थियो । विश्वको पहिलो आणविक बम खसालिएको ७५ वर्ष पूरा भएको छ ।

उक्त बम आक्रमणमा परी करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीनदिनपछि अमेरिकाले दोस्रो आणविक बम खसालेको थियो । त्यसको दुई सातापछि जापानले आत्मसमर्पण गरेको थियो र दोस्रो विश्वयुद्ध सकिएको थियो ।

जापान भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले संग्रहालयको अवलोकन गर्दै युद्धको त्रासदिपूर्ण दिनबाट आफ्नै बलमा उठेर जापानले गरेको विकास र समृद्धि विश्वको लागि अनुकरणीय रहेको बताए।

कमेन्ट गर्नुहोस्