आधुनिक पुष्प उद्यानको भ्रमणपछि प्रचण्डले भने– जापानको प्रविधि नेपाल पुर्याउन पहल गरौं (तस्बिर सहित)

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आधुनिक पुष्प उद्यानको भ्रमण गरेका छन्।

गत २० साउनमा ५ दिने भ्रमणका लागि जापान गएका प्रचण्डले सोमबार (२३ साउन) कृषि व्यवसाय सहयोग अन्तर्गतको  Kurousu Orchid Ltd. को भ्रमण गरेका हुन्।

त्यहाँको भ्रमणका लागि प्रचण्डले नेपालदेखि नै इच्छा जाहेर गरेको उनको सचिवालयले बताएको छ।

जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको उनको सचिवालयले जानकारी गराएको छ।

भ्रमणको क्रममा प्रचण्डले नेपाल कृषिप्रधान मुलुक भएको र कृषिमा आधारित उद्योगहरुको प्रवद्र्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका थिए।

‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौं,’ प्रचण्डले भने, ‘त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं। तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौं।’

उनले नेपालमा पनि उक्त प्रविधि पुर्याउनका लागि राजदूत र नेपाली प्रतिनिधिका अगुवाहरुलाई आग्रह गरेका छन्।

साइटामा अध्यक्ष कमरेड प्रचण्डलाई नेपालका लागि जापानी पुर्वराजदुत तथा जापानको कृषि समाजका उपाध्यक्ष मासामिची साइगो र साइटामा सरकारका प्रतिनिधिहरुले स्वागतगरेका थिए ।

कमेन्ट गर्नुहोस्