नर्भिकले भन्याे- भवन संरचना भत्काउन सक्दैनाैं

काठमाडौं । नर्भिक अस्पतालले महानगरकाे निर्देशन अनुसार तत्काल संरचना भत्काउन नसकिने बताएकाे छ।

नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै अस्पतालले अहिले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ।

मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे। 

 तत्कालिन सरकारको तर्फबाट भूमि सुधार अधिकारीले हस्ताक्षर गरेको उनले दाबी गरेका छन्। आफ्नो अस्पतालमा सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै उनले तत्काल भत्काउन नसक्ने बताएका छन्। 

यसअघि काठमाडौं महानगरले सम्झाैताविपरित संरचना निर्माण गरेकाे भन्दै २४ घण्टाभित्र अवैध संरचना भत्काउन सूचना टांस गरेकाे थियाे ।

कमेन्ट गर्नुहोस्