सिमानामा काँडेतार अभियानले नेपाल र छिमेकीसँग सम्बन्धबारे अन्तर्क्रिया गर्ने

काठमाडौं । सिमानामा काँडेतार अभियानले नेपाल र छिमेकीसँग सम्बन्धबारे अन्तर्क्रिया गर्ने भएकाे छ ।

संस्थाका तर्फबाट चलचित्र निर्देशक नबल खडकाले सार्वजनिक गरेकाे सूचना अनुसार, भाेली बुधबार रिपोटर्स क्लबमा छलफल कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

कार्यक्रममा नेकपा एममाले नेता डा.भिम रावल, नेपाली कांग्रेसबाट रामहरी खतिवडा, नेकपन माओवादी केन्द्रबाट देव गुरूङ, एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले सम्बाेधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमकाे विवरण यसप्रकार छ ।

स्थानः रिपोर्टस क्लव (भृकुटीमण्डप)
मितिः २०७९ साउन २५ (बुधबार )
समयः दिनको १२:४५ बजे

कमेन्ट गर्नुहोस्