अध्यक्ष प्रचण्ड र सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तथा पूर्व महासचिवबीच भेटवार्ता

टाेकियाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जापानकाे लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता, पुर्व महासचिव, पूर्व अर्थ, व्यापार र उद्ध्याेगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइ(Toshihiro Nikai) बीच भेटवार्ता भएकाे छ ।

प्रचण्डका स्वकिय सचिव तथा भ्रमण दलमा रहनुभएकी गंगा दाहालका अनुसार।दुबै नेताबीच पार्टी मुख्यालयमा भेट भएकाे हाे ।

भेटक क्रममा दुबै नेताबीच चीन रफजापानबीच अापसी सम्बन्धलाई थप उचाईमा पुर्याउन सहकार्यका नयाँ क्षेत्र तथा सम्भावनाबारे चर्चा भएकाे थियाे ।

“दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।” दाहालले भनेकी छिन् ।

अध्यक्ष प्रचण्ड ५ दिने भ्रमणमा जापान छन्।

कमेन्ट गर्नुहोस्