दक्षिण कोरियाको राजधानी सियोलमा भीषण वर्षा, ८ को मृत्यु, दर्जनौं घाइते

सियोल । दक्षिण कोरिएको राजधानी सियोल क्षेत्रमा भीषण वर्षा हुँदा ८ जनाको मृत्य भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनसार, सोमबार रातीदेखि मुसलधारे पानी परेका कारण सबै सडक, मेट्रो स्टेशनलगायत पानीमा डुबेका छन् ।

केही क्षेत्रमा ८० वर्षयताकै उच्च वर्षा भएको कोरियाको मौसम विज्ञान विभागले जनाएको छन् ।

मृतकहरु भने एउटा भूइंतलामा रहेको एउटा अपार्टमेन्टमा बस्ने गरेका थिए ।

वर्षाका कारण कैयन घर तथा पर्खाल भत्किएका छन् ।

उद्धार कार्य जारी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्