ओलीले सम्बोधन गरिरहँदा कार्यक्रममा विवाद

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा विवाद भएको छ ।

सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पछाडि रहेका केही मानिसहरूबीच विवाद भएको थियो ।

विवाद चर्को भएपछि अध्यक्ष ओलीले सम्बोधनलाई केहीबेर सम्बोधन रोक्नु परेको थियो ।

विवाद केही साम्य भएपछि अध्यक्ष ओलीले बस्न आग्रह गर्दै केही मानिसहरूमा शहनशीलता कम हुने बताए ।

कार्यक्रममा उनले भने , ‘बसौं–बसौं साथीहरू, शहनशीलता कसैमा अलि कम हुन्छ, त्यसैले छिटो रिस पनि उठ्छ ।’

कार्यक्रममा सहभागीहरूले विहानदेखि खाना खाना नपाएपछि विवाद भएको थियो ।

‘अघि पनि एउटा साथीहरूले भन्नुभयो, विहान पनि खान दिएनन्, अहिले पनि खान दिएनन्, भोक पनि लागिसक्यो होला,’ उनले भने ‘धेरै साथीहरूलाई आ–आफ्नो ठाउँमा जानु पनि होला, कार्यक्रम सफलताको शुभकामना धन्यवाद ।’

सम्बोधनको अन्त्यमा ओलीले जैविक विविधतालाई जोगाइराख्न र जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि वन संरक्षण आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्