थपिए १०९० जना कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ९ सय ५८ जनाको पीसीआर र ३ हजार ३ सय ४२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ४ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्