पार्टीको नीति र योजना लगेर जनतामा जान महराको निर्देशन

लमही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र)लाई विजयी बनाउनका लागि पार्टीको नीति र योजना लगेर आम जनतामा जानका लागि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महराले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै लमहीमा नेता ततथा कार्यकर्तालाइ निर्देशन दिएका हुन् । उनले जनमत सुधार गर्नका लागि जनतामै जानुपर्ने बताउँदै नेपाली जनताको आमूल परिवर्तन गर्नका लागि जनतासँग नै एकीकृत भएर जानुपर्ने बताए । यदी हपार्टी बनाउन चाहने हो भने जनतासँग जानु पर्ने बताउँदै उनले जनतालाई सधै प्राथमिकता दिएर अगाडि बढ्न र जनताको बीचमा गएर पार्टीलाई सुधार गर्नको लागि निर्देशन दिएका छन् ।

उपाध्यक्षले महराले जनतलाई सरकार कस्को भन्ने विषय भन्दा पनि जनताको बीचमा के कार्यक्रम आयो भन्ने अनुभुती हुनु पर्ने बताए । उनले प्रचण्ड जापानबाट फर्केपछि स्थायी समितिको बैठक बसेर छिट्टै पदाधीकारीको टुङ्गो लगाउने बताए । फरक प्रसँगमा उनले समाजवादी केन्द्रको नेतृत्व र विचार नेकपा ९माओवादी केन्द्र० नै भएकोले गर्दा सबै कम्युनिष्टहरु र समाजवादी तिर आन्दोलन केन्द्रीत गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल ९बलदेव० ले राजनीतिक रुपमा लुम्बिनीमा प्रभावलाई अझै गति दिर्दै अगाडि बढ्नका लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउनको लागि लुम्बिनी प्रदेशमा पार्टीका नेता तथा कार्यकताहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रुाद केसीले लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्य सम्पादन अब्बल रहेको बताउँदै अझै त्यसलाई सुधार गरी आफूले पार्टीको शिर उच्च राख्ने गरी नै काम गरिरहेको बताए ।

आफ्नो पार्टीको सरकार हँुदा सकेजति र श्रोत भएजति जनमुखि कार्य गरिरहेको बताउँदै त्यसलाई जनताको आम जीवनस्तर बदल्ने गरी लाग्न पर्ने बताए । मुख्यमन्त्री केसीले सरकारले आम जनताको आवश्यकतालाई सम्वोधन गरेको बताउँदै त्यसलाई आमजनतासम्म लग्नु पर्ने बताएका थिए ।

लुम्बिनी प्रदेशको सरकारको योजनाहरु निर्माण गर्नका लागि लागि रहेको बताउँदै आगमी दिनमा सुधार गर्न सकिने बताए । सबैलाई आफ्नो जिम्मेवारी अनुसार जनताको बीचमा गएर काम गर्न उनले पनि पार्टी पंत्तीमा अनुरोध गरेका थिए ।

राजनीतिक बैचारिक रुपमा प्रशिक्षण सञ्चालन गर्नका लागि स्कुलिङ समिति निर्माण गर्नु पर्ने, स्थानीयततहरुमा संगठन निर्माण गर्ने, जववर्गिय संगठनहरुको भेला प्रशिक्षण गर्नु पर्ने , आर्थिक प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, र खाता सञ्चालन गर्नुपर्ने, आर्थिक अनुसासन गर्ने निर्णय गरको अध्यक्ष सुदर्शन बरालले बताए ।

कमेन्ट गर्नुहोस्