सरकारमा सहभागी हुनेबारे चाँडै टुंगो लाग्छ : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए।

उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए ।

उनले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए ।

कमेन्ट गर्नुहोस्