मन्त्री अथकद्वारा क्रिकेट मैदानको निरीक्षण

 

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

गृह जिल्ला पुगेका मन्त्री गहतराजले निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालाको अवलोकन गरेका हुन् ।


अवलोकनका क्रममा मन्त्री गहतराजले रङ्गशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट विनियोजन गरिने बताए । लमही क्रिकेट रङ्गशालालाई पश्चिम नेपालको महत्त्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री गहतराजले पूर्वाधारका बाँकी कामहरूको बारेमा समेत जानकारी लिए।


आठौँ राष्ट्रिय प्रतियोगिताका बेला लमही रङ्गशाला मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताको दौरान रङ्गशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिए पनि प्याराफिट लगायतका संरचना निर्माणका काम अझै बाँकी छन् ।

कमेन्ट गर्नुहोस्