कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति पेट्रोद्वारा सपथग्रहण

कोलम्बिया । कोलम्बियाको नवनिर्वाचित राष्ट्रपति गुस्ताभो पेट्रोले राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन् । राष्ट्रपति पेट्रोले कोलम्बियाको संविधान र कानुनलाई इमानदारीपूर्वक लागु गर्ने बताउँदै जनताको नाममा सफथ खाएका हुन् ।

६२ वर्षिय गुस्ताभो पेट्रो कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति हुन् ।

दशकौँ देखि जारी लागुऔषधविरुद्धको युद्धलाई निर्णायक तहमा पुर्याएर सफल बनाउन र वन विनासबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई सहयोग गर्न र अमेजन क्षेत्रको वनको संरक्षण गरी पर्यावरण जोगाउन अन्तर्राष्ट्रिय कोष स्थापना गर्न उनले अपिल गरेका छन् ।

आफनो सरकारले स्वास्थ्य र शिक्षामा लगानी बढाएर देशको अवस्थामा सुधार ल्याउन र आर्थिक लगानीको वातावरण बनाउन लागि पर्ने उनले बताए।

पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, आर्थिक सुधार गर्ने र रोजगारीको अवस्था सृजना गरेर वर्गिय,लैगिङ र सामाजिक असमानता हटाउने वाचा गरेका छन् । सपथग्रहण समारोहमा हजारौं नागरिकको उपस्थिति रहेको थियो ।

भेनेजुयालका राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई बधाई दिएका छन् । “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई दुई देशका जनताको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउनेछु ।” उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्