जापान भ्रमण सकेर नेपाल फर्किए प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानको भ्रमण सकेर स्वदेश फर्केका छन् । प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए

त्यस्तै प्रचण्ड नेपाली जन प्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा भएको नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । २१ गते जापान भ्रमणमा पुगेका प्रचण्ड आज नेपाल फर्केका हुन् ।

 

अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्