कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा चार जनाको समूह प्रवेश गरी २९ तोला सुनका गहना लुटेका हुन् ।

घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कमेन्ट गर्नुहोस्