एमाले सचिवालय बैठक च्यासलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसेको एक नेताले जानकारी दिए । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र गठबन्धनले पार्ने असर लगायतका विषयमा छलफल हुने छ ।

सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।

कमेन्ट गर्नुहोस्