चीनले बन्द गर्यो तातोपानी र रसुवागढी नाका

काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गर्ने निर्णय गरेको हो ।

रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको हो ।

तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको स्रोतले बतायो । तर, यसबारे चिनियाँहरुले भने कुनै पनि जानकारी गराएका छैनन् ।

कोरोना बढेपछि पहिलो चरणमा त्यहाँका जिल्लाहरुले ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

कमेन्ट गर्नुहोस्