भारतका हास्य कलाकार राजू श्रीवास्तवको अवस्था गम्भीर, आइसियूमा भर्ना

नयाँ दिल्ली । भारतीय हास्यजगतमा चर्चित कलाकार राजू श्रीवास्तवलाई आइसियूमा भर्ना गरिएको छ ।

१० अगस्तका दिन ह््रदयघात भएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्थामा सुधार आउन सकेको छैन । आजतकका अनुसार, कार्डियाक अरेष्टको बेला राजू श्रीवास्तवको मष्तिष्कमा ठूलो क्षति पगेको बताइन्छ । अहिले उनलाई भेन्टिलेटरमा रखिएको छ । उनको अवस्था स्थिर भएको तर स्वास्थ्यमा भने सुधार नभएको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्