युवा लक्षित कार्ययोजना निर्माणको कार्यभार युवा परिषद्को : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले युवा लक्षित गतिविधिहरुको कार्ययोजना निर्माण तथा कार्य सम्पादन गर्ने कार्यभार युवा परिषद्को रहेको बताएका छन् ।शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै युवा परिषदले युवाको पक्षमा कार्ययोजना निर्माण र सम्पादन कार्यमा भुमिका निर्वाह गनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध हुनुपर्ने आवश्यक छ । सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको छ ।’’

युवा परिषदले युवाको पक्षमा काम गर्दै आएको भन्दै आगामी दिनमा बढीभन्दा बढी युवालाई युवा उद्यमशिलता र नेतृत्व विकासमा सभागिता गराउन आवश्यक रहेको प्रधानमन्त्रीको भनाई थियो ।

उनले भने–, ‘‘परिषद्ले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । यसलाई आगामी दिनमा अझ प्रवर्द्धन गरी बढीभन्दा बढी युवालाई सभागिता गराउन आवश्यक छ । युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ ।’’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको समेत बताए । युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने धारणा उनको छ ।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरणलगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवामा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुलुक भित्र रहेको युवाहरुमा शैक्षिक बेरोजगारी रहेको बताउँदै त्यसलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताए।

कमेन्ट गर्नुहोस्