निहारिकाद्धारा आत्मदाह प्रयास

काठमाडौं । लामो समयदेखि आमरण अनसनमा बसेकी निहारिका राजपुतले आत्मदाहको प्रयास गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । उनले आफ्नो २ वर्षको छोरासहित शितल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

आफू १७ वर्षकी हुँदा नशालु पदार्थ खुवाएर जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाको भनाइ छ । बलात्कारपछि गर्भवती भएकी उनी त्यसयता निरन्तर न्यायको लडाइँमा छिन् ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

श्रेष्ठलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि त्यसविरुद्ध उनले अहिले उच्च अदालत, जनकपुरमा मुद्दा दर्ता गराएकी छन् ।

कमेन्ट गर्नुहोस्