मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौं । मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए ।

कमेन्ट गर्नुहोस्