चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार

चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो ।

आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सन १९८८ मा इरानका धार्मिक नेता अयातुल्ला खुमानीका बारेमा द सटानिक भर्सेज नामक पुस्तकमा अपमानजनक शब्द लेखिएको भन्दै उनीमाथि मृत्युदण्डको फतवा जारी गरिएको थियो । त्यसयता उनीविरुद्ध कैयन इस्लामिक संगठनहरुले फतवा जारी गरेका छन् भने धेरैपटक आक्रमणको प्रयास हुँदै आएको । रुश्दी भारतमा जन्मेका थिए भने पछि अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी प्रसिद्ध साहित्यकार हुन ।

कमेन्ट गर्नुहोस्