आज वाइसिएल नेपालले वित्तिय साक्षरता तालिम दिँदै

काठमाडौं । राष्ट्रीय भेलाको तयारीमा जुटेको वाइसिएल नेपालले आज वित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दैछ ।

युवाहरुलाई उद्यमशीलततर्फ जोड्दै आत्मनिर्भर बन्न संगठनले थालेको अभियान अन्तर्गत आज वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुमन देवकोटाले बताएका छन् ।

उत्पादनमा युवाहरुलाई जोडन र रोजगारी सिर्जना गर्नसके यसले बेरोजगारीको अन्त्य हुने र मुलक आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अघि बढ्ने उनले बताए । “युवा संगठन बेरोजगारहरुको संगठन जस्तो नहोस् भन्ने हाम्रो चाहना हो ।” उनले भने, “त्यसैले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई स्वरोजगार बनाउन, उत्पादनमा जोडन र उनीहरुका लागि व्यवसायको वातावरण बनाउनका लागि वित्तिय साक्षरता तालिम सञ्चालन गरिएको हो ।”

कार्यक्रममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थितिको लागि सुचित गरीएको छ । सामन्तवादी सोचहरु त्यागेर उद्यमशिलता र स्वरोजगारको तालीम सञ्चालन गरी नवयुवाहरूको भाग्य र भविष्य, मेहनत र पसिनामा रहेको उद्घोष गर्ने वाईसिएल देशकै एकमात्र सङ्गठन भएको संयोजक देवकोटाले बताए । कार्यक्रम के एल टावर स्थित हलमा सञ्चालन हुने छ ।

“आत्मनिर्भताका लागी नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं, सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौं” नाराका साथ वाइसिएल नेपाल राष्ट्रिय भेलाको तयारीमा जुटेको छ ।

नवयुवाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन योजना केन्द्रित गर्ने, समाजवादको आधार तयार गर्न राजनीतिक, बैचारिक, सांगठानिक र साँस्कृतिक रुपान्तरणमा भेलाको एजेण्डा तथा छलफल केन्द्रित हुने उनले बताए ।

नेकपा माओवादी केन्द्रको सहायक संगठनका रुपमा रहेको वाइसिएलले यसअघि देशव्यापी संगठन विस्तारको अभियान सञ्चालन गरेको थियो ।

कमेन्ट गर्नुहोस्