सीट बाँडफाँडमा सहमति नजिक कार्यदल, यसै साता प्रतिवेदन बुझाउने सम्भावना

काठमाडौं । सत्तारुढ दलहरुबीच आगामी निर्वाचनमा सीट बाँडफाँडको गृहकार्य गर्न गठन भएको कार्यदलले तालमेलमा सहमतिका लागि छलफल तीब्र पारेको छ ।

कार्यदलमा सहभागी एक नेताका अनुसार, सत्तारुढ दलहरुबीच केही विषय अझै मिलाउन बाँकी भएपनि कतिपय विषय भने सहमति नजिक पगेका छन् ।

कार्यदलको आज बसेको बैठकमा सबै दलहरुले आआफ्नो धारणा राखेका थिए । सोही आधारमा साझा मान्यता विकास गर्दै देशैभरी तालमेलको खाकासहित प्रतिवेदन तयारी गर्ने कार्यदलको लक्ष देखिन्छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार, भोली आन्तरिक छलफल गरेर कार्यदलको बैठक पर्सी बुधबार फेरी बस्नेछ । तालमेको मख्य आधार भने २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र अहिलको स्थानीय तह निर्वाचनलाई आधार बनाएर छलफल भइरहेको उनले बताए।

यसअघिको संघीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी सहभागी नभएकाले विशिष्टरुपमा मापदण्ड बनाएर तालमेलको खाका तयार गरिने उनको भनाइ छ। कार्कीले कसैको विरुद्ध गठबन्धन नभएको भन्दै गठबन्धनमा आउन चाहनेसँग सकारात्मकरुपमा छलफल गरिने बताए।

 

कमेन्ट गर्नुहोस्